RUMPUM
animated ellipse animated ellipse

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७५, सोमबार १०:४०
3
Shares

विराटनगर/ प्रदेश नम्बर १ को धनकुटा र मोरङ जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका ८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर फर्काउने क्रममा अनियन्त्रित भई सडकदेखि अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका ८ का २७ वर्षिय बालकुमार पुलामी मगर र ट्याक्टरमा सवार ११वर्षिय अनिल मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने ३८वर्षिय छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिधुवा पठाईएको छ ।

त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका ९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ ।दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थानकी ३२ वर्षिय माया तामाङलाई ट्याक्टरले टाउकोमा किचेको थियो । दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

घटनास्थलमा मधुमल्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल उर्लावारी पठाईएको मधुमल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर