AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद–महिला फुटबलको एपिएफलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७३, शनिबार २०:०८
3
Shares
९पुस, दुहवी /सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफले महिला राष्ट्रिय फुटबल प्रतियागिताको उपाधि हात पारेको छ ।
एपिएपले सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा आज भएको फाइनल खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदकमा कब्जा गरेको छ ।
सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा भएको फाइनलमा दुवै विभागिय टोली निर्धारित समय गोल रहित बराबरीमा खेल सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । पहिलो हाफमा एपीएफले राम्रो मुभ बनाएपनि पुलिसको रक्षापंक्तिले त्यसलाई विफल बनाएको थियो ।
अर्कोतर्फ खेलमा दबाब बनाएपनि पुलिसको अग्रपंक्तिले सोचे अनुसारको प्रर्दशन भने गर्न सकेन् अन्तत खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।
उपाधि उचालेको एपीएफका लागि रुपा रानामगर प्लेयर अफ दि म्याच भए । त्यसैगरि,
आजै भएको तेश्रो स्थानका खेलमा जित हात पार्दै त्रिभुवन आर्मी क्लबले कास्य पदक हात पारेको छ । आर्मीले मध्यमाञ्चललाई एकका विरुद्ध दुइ गोलले पराजित गर्दै कास्य पदक आफनो पोल्टामा पारेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीको तर्फबाट सुस्मिता तामाङ र इन्दिरा राईले गोल गरेका थिए । त्यसैगरि, चौथो स्थानमा खुम्चिएको मध्यमाञ्चलका लागि भने मेनुका नगरकोटीले सान्त्वना गोल गरेकी थिइन् । यसैविच नगरकोटीलाई प्लयेर अफ दि म्याच घोषित भएकी थिइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर