पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर जुनियर जेसिजको बर्ष २०१९ का लागि निर्वाचित दीपा ओडारीलाई पद हस्तान्तरण गरिएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा बर्ष २०१८ का अध्यक्ष मिलाप कर्णले नव निर्वाचित अध्यक्ष ओडारीलाई पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष मिलन पौडेलले विराटनगर जुनियर जेसिजले छुट्टै पहिचान बनाउन सफल भएको बताए । विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठले जुनियर जेसिजका हरेक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए ।
विराटनगर जेसिजका अध्यक्ष सेवक बजगाईले जुनियर जेसिजको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । जुनियर जेसीज बर्ष २०१९ की अध्यक्ष दीपा ओडारीले जुनियर जेसिजका नियमित कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले कार्यकाल भरि नेतृत्व र व्यक्तित्व विकासमा जोड दिने बताइन् ।
पद हस्तान्तरण कार्यक्रम जुनियर जेसिजका बर्ष २०१८ का अध्यक्ष मिलाप कर्ण, पुर्व अध्यक्ष अभिनास थापा लगायतले शुभकामना दिए ।