पूर्वाञ्चल खबर
विराटनगर / पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोष विराटनगरले यस वर्षको पत्रकारिता पुरस्कार पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठकलाई पुरस्कृत भएकी छिन् ।
पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोषले पत्रकार सुशीला पाठकलाई नगद १० हजार सहित सम्मान पत्र, माला र खाद्या लगाएर सम्मान गरेको हो । विराटनगरबाट सञ्चालीत मकालु टेलिभिजकी संवाददाता समेत रहेकी पाठकले पत्रकाररिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे सम्मान गरेको आयोजकले जनाएको छ । पाठक विगत १ दशक देखि मोरङलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दे आएकी छिन् ।
यसअघि सो पुरस्कारबाट पत्रकार विक्रम निरौला पुरस्कृत भएका छन् । यसैगरी साहित्यतर्फ झापा सुरुङ्गाका ज्ञानराज सुवेदीलाई १० हजार नगद सहित पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति साहित्य पुरस्कारबाट सम्मान गरिएको छ । आधुनिक नेपाली काव्य कविता क्षेत्रमा उनले उल्लेख्य योगदान पु¥याएको भन्दै सुवेदीलाई पुरस्कृत गरेको हो । उनका शास्त्रीय छन्दमा लेखिएका करिब डेढ दर्जन काव्यकृति प्रकाशित छन् । गत साल सो पुरस्कारबाट साहित्यकार मेनुका चापागाईंलाइ पुरस्कृत गरिएको थियो ।
यसैगरी धर्मसंस्कृति तर्फ ५ हजार नगदराशी सहित राधारमण वेदवेदान्त संस्कृति विद्यालयका संयोजक भवानीशंकर निरौलालाई सम्मान गरिएको छ ।