RUMPUM
animated ellipse animated ellipse

इसान क्षेत्रीको ह्याट्रिकले गुराँसलाई पुगायो अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७५, शुक्रबार १७:५२
3
Shares

पुष्पराज थपलिया
विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई पराजित गर्दै गुराँस पुस्तकालयले विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

आज भएको समुह ए को अन्तिम लिग खेलमा गुराँस पुस्तकालयले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ११ ले पराजित समुह उप–विजेता बल्दै अन्तिम चारमा प्रवेश गरेको हो । लगातार दुई खेलमा पराजित भएसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरीएको छ ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा ९७ रनकोे सामान्य लक्ष्य पछ्याएको पूर्वाञ्चलले २५ ओभर खेल्दै सवै विकेट गुमाएर ८५ रनमा सिमित भए पछि ११ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । पूर्वाञ्चलका मुकुन्द यादव र यूनिल श्रेष्ठले १७–१७ रन बनाउँदा अजय राजवंशीले १५ रनकोे योगदान दिए । म्यान अफ दि म्याच इसान क्षेत्रीले ह्याट्रिक सहिते ३ विकेट तथा कुन्दन यादव र सुविज्ञय पाण्डे ३–३ विकेट लिए । जारि प्रतियोगिताका ह्याट्रिक गर्नै इसान पहिलो खेलाडीसमेत भएका छन् ।

यस अघि टस जितेर ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा २५ ओभरमा सवै विकेट गुमाई ९६ रनको झिनो योगफल तयार पारेको छ । गुराँस मिलन कार्की र इसान क्षेत्रीले समान १७–१७ रन र सकिव हकले १५ रनको योगदान दिए । पूर्वाञ्चलका मेहबुब आलम इराकीले ३ विकेट तथा सौगात भट्टराई र श्रवण यादवले २–२ विकेट लिए ।

आइतबारदेखि सेमीफाइनल खेलहरु हुने आयोजकले जनाएको छ । पहिलो सेमीफाइनल खेल होराइजन क्रिकेट क्लब र विनायक क्रिकेट क्लबविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर