AArya
RUMPUM
animated ellipse animated ellipse

महिला फुटबल – पुलिस र एपिएफ फाइनलमा भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७३, शुक्रबार २१:०८
3
Shares
नेपाल पुलिस क्लब र सशस्त्र प्रशरी बलको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद– २०७३ को महिला फुटबलको फाइनलमा उपाधीको लागि भिड्ने भएका छन् ।
दुहवी रङ्गशालामा बिहिबार भएको प्रतियोगिताको सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५–० को ठुलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पुलिसका लागि निरु थापाले खेलको तेश्रो मिनट, २९ र ५१ मिनटमा तथा निर्मला उपाध्यायले १५ र ४३ मिनटमा गोल गरेका थिए ।
यस्तै आजै भएको दोश्रो खेलमा एपिएफ क्लबले नेपाली सेनाको आर्मी क्लबलाई ३–०ले पराजित गर्दै फाइनलमा पुलिसको सामना गर्ने भएको छ । एपिएफका रेखा पौडेलले १८ मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाईन् । २७ औं मिनटमा अनिता के.सीे.ले गोल गर्दै गोल संख्या दोब्बर पारिन् । यस्तै दोश्रो हाफको ५५ औं मिनटमा रञ्जना दर्जीले गोल थप्दै जित सुनिश्चित पारिन् ।
पुरुष फुटबल – सशस्त्र र आर्मीको विजयी19
धरानमा आज भएको पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको टिम विजयी भएको छ ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘ख’ को लिग खेलमा सशस्त्रले मध्यपश्चिमललाई ८–० को फराकिलो गोल अन्तरले हरायो भने सेनाले सुदूरपश्चिमाञ्चललाई १–० को झिनो गोलअन्तरले पराजित गरे । जितसँगै एपिएफ र सेनाले समान ३÷३ अंक जोडे ।
सशस्त्र र मध्यपश्चिमको पहिलो खेलमा एपिएफका युवराज खड्काले ह्याट्रिकसहित ४ गोल गरे । उनको चारै गोल दोश्रो हाफमा सम्भव भयो । खेलमा पहिलो हाफको १० औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । दोस्रो गोल मध्यपश्चिमले १२ औं मिनेटमा आत्मघाती गोल खायो । एपिएफका श्याम नेपालीको प्रहारलाई रोक्ने प्रयास गर्दा मध्यपश्चिमका चेतन थारुले आफ्नै पोष्टमा गोल गरे भने १४ औं मिनेटमा श्याम नेपालीले तेस्रो गोल गरे । इन्जुरी समयमा राजेन्द्र रावलले गोल गर्दै पहिलो हाफमा एपिएफलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ८ औं, ३४ औं र ४४ औं मिनेटमा गोल गर्दै एपिएफका युवराज खड्काले ह्याट्रिक गरे भने इञ्जुरी समयमा पनि थप एक गोल गर्दै एपिएफलाई ८–० गोलको फराकिलो अन्तरले जित दिलाए ।
दोस्रो खेलमा सेनाले सुदुरपश्चिमलाई १–० ले हराउदा सुमन अर्यालले निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफको छैटौं मिनेट हेडमार्फत गोल गरे । शनिबार समूह ‘क’ को पहिलो खेल नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रबीच हुनेछ भने दोस्रो खेल मध्यमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।
खोखो- आर्मीको दुवै टिमको दोहोरो जित
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुष र महिला दुवै टिमलाई सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तरगतको खोखोमा पहिलो दिन दोहोरो जित हात पारेको छ ।
सुनसरीको इनरुवामा भएको पुरुषको खेलमा आर्मीले पश्चिमाञ्चललाई १९¬–३ र पूर्वाञ्चललाई १३–५ले पराजित गर्न सफल भयो ।
यस्तै महिला तर्फ पनि आर्मीले दोहोरो जित आत्मसाथ ग¥यो । महिला तर्फको खेलमा पश्चिमाञ्चललाई १२–७ र पूर्वाञ्चललाई ५–२ले पराजित गरेको हो ।
पुरुष तर्फकै अन्य खेलमा सुदूरपश्चिम र मध्यमाञ्चलले पनि दोहोरो जित हात पारेका छन् । सुदूरपश्चिमले पूर्वाञ्चललाई ११–९ र मध्यपश्चिमलाई १३–९ले तथा मध्यमाञ्चलले मध्यपश्चिममाथी २२–१६ र पश्चिमाञ्चलमाथी १५–९को जित निकाल्यो ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको दिन महिला तर्फ मध्यपश्चिमले पनि दोहोरो जित हात पारेको छ । मध्यपश्चिमले मध्यमाञ्चललाई ११–१० र सुदूरपश्चिमलाई १५–१३ले पराजित गर्न सफल भएको हो । अन्य खेलमा सुदूरपश्चिमले पूर्वाञ्चललाई ९–५ले तथा मध्यमाञ्चलले पश्चिमाञ्चललाई १३–१०ले पराजित गर्न सफल भयो ।
पाँच विकास क्षेत्र र एक विभागिय टिम गरि ६ टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाईनेछ । प्रतियोगितामा उच्च चार स्थान हात पार्ने टिम सेमिफाइनलको लागि योग्य हुने आयोजकले जनाएका छन् ।प्रतियोगिताको फाइनल पौष ११ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर