RUMPUM
animated ellipse animated ellipse

बल ब्याडमिन्टनको फाइव्स इभेन्टमा नेपाल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ माघ २०७५, बुधबार १८:२२
3
Shares

विराटनगर / बल ब्याडमिन्टन फेडरेशन अफ नेपालको आयोजनामा विराटनगरको मदर टेरेसा स्कूल भइरहेको इन्डो–नेपाल बल ब्याडमिन्टन टेस्ट श्रृङ्खलामा पुरुष तर्फको फाइव्स इभेन्टको दोश्रो टेस्ट खेलमा भारत नेपालसँग ३५–१९, ३५–२३ ले पराजित भयो भने महिलामा भारत नेपालसँग ३५–२०, ३५– २१ ले पराजित भएको छ ।

पुरुषतर्फको खेलमा भारतको तर्फबाट कप्तान राहुल कुमार, सन्दीप मैती, देवमाल्या डे, फैशल खान, कुन्दन दिवानले नेपालको तर्फबाट महम्मद इजरायल, पप्पु यादवले राम्रो खेल प्रदर्शन गरेको छ । त्यस्तै महिलाले भारततर्फ कप्तान सोनाली घोष, अली सान बेगम, निलम अचारा, प्रिया सिंह, सुमना मुखर्जी र नेपालको तर्फबाट ज्योती यादव, सोनी यादव, अनिसा सरदार र अस्मीता श्रेष्ठले राम्रो खेल प्रदर्शन गरेका छन् ।

पुरुषतर्फको प्रतिस्पर्धामा भारतको हर्ष बर्धन र गुलशनको जोडीले नेपालको ओमकुमार यादव र मोहम्मद इजरायलको जोडीलाई ३५–२१ , ३५–२२ ले पराजीत गरेको छ भने । महिलावर्गमा भारतको खुश्बु सोनकर र मेघा दुकारेको जोडीले नेपालको सुप्रिया चौधरी र संजिदा दासको जोडीले ३५–१७ र ३५–२३ ले पराजीत गरेका छ । त्यस्तै मिश्रीत इभेन्टतर्फको संघर्षपूर्ण प्रतिस्पर्धामा पहिलो सेट भारतको सुभम् पाण्डे र लभप्रीतको जोडी बिजय भयो । त्यस्तै दोश्रो सेटमा नेपालको राजीभ राय र ज्योती यादवको जोडीले ३२–३५ को अन्तरले जीत्यो । खेलको अन्तिम वा निर्णायक सेटमा भारतको जोडीले नेपालको जोडीलाई ३५– ३२ को अन्तरमा बिजय भएको बल ब्याडमिन्टन फेडरेशन अफ नेपालका महासचिव अमिस रेग्मीले जानकारी दिए ।
इन्डो नेपाल टेस्ट श्रृङ्खलाको संयोजक संजयकुमार यादवले तेश्रो दिनको तेश्रो टेस्ट विहिबार हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर