AArya
RUMPUM
animated ellipse animated ellipse

इन्डो नेपाल बल ब्याडमिन्टन शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७५, मंगलवार १६:५०
9
Shares

विराटनगर / बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता आज देखि शुरु भएकोछ ।

विराटनगर ९ मा रहेको मदरटेरेसा स्कूलको खेलमैदानमा शुरु भएको प्रतियोगिता माघ २४ गते सम्म सञ्चालन हुनेछ । नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी १ सय ५० जना खेलाडीहरु सहभागि रहेको आयोजकले जनाएको छ ।
बिराटनगर महानगरपालीका मेयर भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै दुई देशीय सम्बन्धलाई अझ दरो बनाउनकालागि यस्ताखालका प्रतियोगिताले अझ बल पुर्याउँने बताए । उनले सम्बृद्ध नेपाल निर्माणको लागि खेल पनि एक प्रमुख बहाक भएकाले यस्ता खालका नयाँ खेलको विकास विस्तारका योजनाहरुमा महानगरपालिका सहकार्य र समन्वय गर्न तयार रहेको समेत बताए ।

कार्यक्रमका अध्यक्ष संजयकुमार यादवले विद्यार्थीहरुलाई खेलको माध्यमबाट आपसी आत्मीयता, अनुशासन र नयाँ खेलका प्राबिधीक पक्षको ज्ञानका लागि यस्ताखालका प्रतियोगिताहरुको आयोजना गरिएको हो । दुई देशिय सम्बन्धलाई अझ प्रगाठ बनाउँन र नेपालमात्र प्रख्यात खेलहरुलाई विश्वव्यापी बनाउने र विश्वमा विकास भएका नयाँ खेलहरुलाई नेपालमा बिस्तार गराउन अन्तर देसिय खेलकुद प्रतियोतिाको आयोजना आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने लक्ष फेडेरेशनको रहेको यादवले जानकारी दिए ।

प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु सञ्चालन हुने बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालका महासचिव अमिष रेग्मीले बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, प्याब्सन महानगरकमिटी विराटनगरका अध्यक्ष इन्द्र राई, सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष शिव अधिकारी साथै भारतबाट हनुमन्त राव, गौरी शंकर, अंकित जैन, संगिता कुमारी, दिपक प्रकाश रंजन र वादल कुमारको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर