RUMPUM
animated ellipse animated ellipse

सगरमाथाले विद्यार्थी र अभिभावक दिवस मनायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७५, मंगलवार २०:०१
3
Shares

विराटनगर / विराटनगरस्थित समगरमाथा स्कूलले २२ औं विद्यार्थी र अभिभावक दिवस एक साथ मनाएको छ । स्कूल परिसरमा आज एक समारोहको बिच उक्त दिवस मनाएको हो ।

सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरियो । कक्षा नर्सरी देखि १२ कक्षासम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमलले जानकारी दिए । त्यस्तै स्कूलले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले ‘सगरमाथा खेलकुद सप्ताह’ अन्तर्गत भएको विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो । खेलकुद सप्ताहमा फुटबल, रिले रेस, दौड, ज्याबलिङ्ग थ्रोलगायतको विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

स्कूलले १ लाखको अक्षयकोष समेत स्थापना गरेको छ । स्वर्गीय भएका विद्यार्थी मोहित गौतमको स्मृतिमा अभिभाव र स्कूलले १ लाखको स्थापना कोष खडा गरिएको प्रिन्सिपल गौतमलले बताए । अभिभावकको तर्फबाट ५० हजार र स्कूलले ५० हजार गरि १ लाखको कोष विद्यार्थीको नाममा खडा गरेको हो । उक्त कोषबाट जेहेन्दार एक जना विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कृत गरिने स्कूलले जनाएको छ ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अबको शिक्षा भनेको जीवन उपमुखी शिक्षा आजको आवश्यता रहेको बताए । उनले विद्याथीहरूलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, स्कूलका व्यवस्थापन समितिका अध्यक्ष बासुदेव न्यौपाने, प्रिन्सिपल त्रिलोचन गौतमलगायले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर