पूर्वाञ्चल खबर
विराटनगर । विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले रजत जयंती वर्षको अवसर पारेर केभिएममा स्पोर्ट्स मिट २०७५ आइतबारदेखि शुरु गरेको छ ।
साप्ताह व्यापीरुपमा हुने खेलकूद महोत्सवको आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि शुरु गरेको हो । स्पोर्ट्स मिटमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरु माझ तह गत विभिन्न खेल प्रतियोगिता खेलाइने विद्यालयका पिन्सिपल धीजनबाबु काफ्लेले जानकारी गराए । विजेतालाई मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने निर्देशक राजेशकुमार दासले बताए ।
आज भएको खेलहरुमा सिनियरतर्फ १०० मीटर छात्रमा मनिस पौडेल प्रथम, १०० मी. केटीतर्फ एलिसा यादव प्रथम, साना खान दोस्रो र प्रेरणा साह तेस्रो, २०० मी. छात्रातर्फ अनन्या सिंह प्रथम, नीतु यादव दोस्रो र निधि यादव तेस्रो, जुनियर तर्फ १०० मी. छात्रा दीपिका सापकोटा प्रथम, कुमकुम दास दोस्रो र अनन्या राज साह तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।