RUMPUM
animated ellipse animated ellipse

प्रथम अन्तर्राष्ट्रिय महिला कवड्डीको उपाधी नेपाल आर्मीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७५, आईतवार २२:०१
3
Shares

विराटनगर / प्रथम अन्तर्राष्ट्रिय महिला कवड्डी प्रतियोगिताको उपाधी नेपाल आर्मीको त्रिभुवन क्लवले हात पारेको छ । आज भएको लिगको अन्तिम खेलमा भारतलाई पराजित गर्दै आर्मीले उपाधी हात पारेको छ ।

मोरङको वुढीगंगा गाउँपालिका वाँसवारीमा भएको खेलमा त्रिभुवन क्लवले भारतलाई ४०–१३ पराजित गरेको हो । प्रतियोगितामा वंगलादेश र श्रीलंकाले तेश्रो स्थान प्राप्त गरेका छन् ।

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले विजयी टीमका खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेदकूदको माध्यमवाट राष्ट्रको गौरव र पहिचान स्थापित गर्न सकिने वताए । उनले आगामी दिनमा यस क्षेत्रमा अरु धेरै विदेशी टिमको सहभागितामा प्रयोगितामा सञ्चालन गर्न प्रदेश सरकारको सहयोग रहने वताउँदै खेलाडीहरुलाई खेलकूदको माध्यमवाट पनि आय आर्जन गर्ने ढंगवाट सक्षम वनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर