RUMPUM
animated ellipse animated ellipse

वाइडवडी विमान विवादमा जोड्नु गलत हो– उपसभाति गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७५, शनिबार १८:१२
3
Shares
फाइल फोटो

विराटनगर / संघीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने नेपाली कांग्रेसका उपसभाति विजयकुमार गच्छदारले वताए ।

उपसभाति गच्छदारले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेपाली जनताको ठूलो वलिदान र संविधान सभावाट ल्याइएको संघीयता कार्यान्वयनमा नेपाली कांग्रेस सदैव सहयोग रहेको बताए ।

उपसभाति गच्छदारले कांग्रेस महासमितिको वैठक पश्चात नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि वढ्ने र कार्यकर्ता माझ एकताको सन्देश प्रवाह भएको समेत बताए । आगामी माघ १० गते हुने नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठकवाट पार्टी भित्र दिगो एकता कायम हुने चर्चा गर्दै उपसभाति गच्छदारले अव पार्टी भित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पारे ।

उपसभाति गच्छदारले डा. गोविन्द केसी र सरकारवीच विगतमा भएको चिकित्सक सम्वन्धि संझौता अक्षरष पालना गर्नु पर्नेमा जोड दिए । उनले सरकार कुनै पार्टीको नभई जनताको भएकोले राज्यको सरकारले डा. केसीसंग गरेको सहमती पालन गरे मात्र जनतामा विश्वास कायम हुने बताए ।

पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई वाइडवडी विमान विवादमा जोड्नु गलत भएको वताउदै उपसभाति गच्छदारले कुनै पनि योजना प्रधानमन्त्री समक्ष नपुग्ने प्रष्ट पारे ।

लेखा समितिले विमान खरीद अनियमिता सम्वन्धी छानवीन कार्य गरिरहेकोले त्यो टुङ्गो नलाग्नु अगावै सरकारले छानवीन आयोग गठन गर्नु आवश्यक नभएको उपसभाति गच्छदारले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर