RUMPUM
animated ellipse animated ellipse

राष्ट्रको लक्ष पुरागर्न शिक्षा पहिलो प्राथमिकता तुम्बाहाम्फे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७५, शनिबार २२:५०
3
Shares

बेलबारी / सूखी नेपाली समृध्द नेपालको लक्षलाई पुरा गर्न शिक्षामा जोड दिनु पर्ने प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले बताइन् ।

मोरङ बेलबारी ३ स्थित भगवती माध्यमिक विद्यालयको ५५ औं वार्षिक उत्सवलाई आज सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । उनले राष्ट्रले लिएको लक्ष पुरा गर्न शिक्षामा जोड दिनु पर्ने र यसमा अविभावक ,विद्यार्थी एवं विद्यालयको त्रिपक्षीय भुमिका महत्त्वपुर्ण हुने कुरामा जोड दिइन् । संविधानले नै शिक्षा को अधिकार को ग्यारेन्टी गरेको र स्थानीय सरकारको रूपमा रहेका नगरपालिका र गाउँ पालिकाहरुले आफ्नो परिवेश अनुरुप कानुन बनाउन पाउने भएकाले शिक्षालाई पहिलो प्राथमिकता दिन आग्रह समेत गरीन् ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी ,बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली पूर्व सांसद गुरु बराल,मधु गुरुङलगायतले सम्बोधन गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षक , उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा विजेतालाई पुरस्कार र सम्मान गरिएको प्रधानाध्यापक मानबहादुर खड्काले जानकारी दिए । २०२१ सालमा स्थापित विद्यालयमा कक्षा १२ सम्म ११ सय ८७ विद्यार्थी अध्यनरत रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर