पूर्वाञ्चल खबर
टेबलटेनिस, सटपुट, ज्याबलिङथो्र र दौडको अन्तिम नतिजा सार्वजनिक भएको हो । बिहिबार सम्पन्न टेबलटेनिसमा सुनसरी सेन्टजेभियर्स स्कूलका युकेश रोक्काक्षेत्री प्रथम हुदा पशुपती बोर्डिङ स्कूलका एलिस कट्टेल दोसो्र र वाइपोइन्टिङ बोर्डिङका सुभाष खड्का तेसो्र भए ।
सटपुटमा लिटिल फ्लावर स्कूल तरहराका शेखर राइ प्रथम हुदा सेतो बंगला स्कूलका अभिषेख दनुवार दोसो्र र हिमशिखर स्कूलका बादल राइ तेसो्र भए । यस्तै ज्याबलिङथो्रमा मकालु सेकेण्डरी स्कूलका अर्जुन सिलवाल प्रथम, लिटिल फ्लावरका कृष्ण चौधरी दोसो्र र ब्लुमिङ लोटर्स स्कूलका युदिप तामाङ तेसो्र भए ।
दौडका बिभिन्न इभेन्ट्सका फाइनल खेलहरु सम्पन्न भएका छन । प्राथमिक तह अन्तर्गत छात्रा एक सय मिटर दौडमा डिभाइन लभ स्कूलकी अर्पणा गौतम प्रथम, सुनसरी कृष्टलकी ललिसा तामाङ दोसो्र र लिटिल फ्लावर स्कूलकी आज्ञा मिश्र तेसो्र भइन । एक सय मिटर छात्रतर्फ हिमशिखर इंगलिस स्कूलका मुनाल मगर प्रथम, कोशी सेन्टजेम्सकाका मनोज गिरी दोसो्र र इटहरी मोडलका दिपेश बिक तेसो्र भए । दुइ सय मिटर छात्रातर्फ हिमशिखर इंगलिस स्कूलकी तनुजा मगर प्रथम, गोदावरी बिद्या मन्दिरकी आयुषा चौधरी दोसो्र र भेल्भेट स्कूलकी नेहा बिक तेसो्र भइन । यस्तै २ सय मिटर छात्रतर्फ हिमशिखर स्कूलका मुनाल मगर प्रथम, इटहरी मोडेलका दिपेश बिक दोसो्र र लिटल फ्लावरका पर्वत चौधरी तेसो्र भए ।
निमाबि तह अन्तर्गतको २ सय मिटर छात्रातर्फ लिटल फ्लावरकी दिपशिखा बिक प्रथम, ब्राइट फ्युचरकी सुजता श्रेष्ठ दोसो्र र वाइपोइन्टिङकी करुणा घिमिरे तेसो्र भइन । यस्तै २ सय मिटर छात्रतर्फ मोर्डन प्रिपेटरीका नितेश चौधरी प्रथम, वाइपोइन्टिङका सागर सर्राफ दोसो्र र सुनसरी कृष्टलका सुशन चौधरी तेसो्र भए । यस्तै ४ सय मिटर छात्रातर्फ लिटल फ्लावरकी सन्ध्या श्रेष्ठ प्रथम, मोर्डन प्रिपेटरीकी दिलासा चौधरी दोसो्र र गोदावरी बिद्या मन्दिरकी अनु केसी तेसो्र भइन । यस्तै ४ सय मिटर छात्रतर्फ मोर्डन प्रिपेटरीका रोहित चौधरी प्रथम, शिखर एकेडेमीका सुरज मेहेता दोसो्र र ग्रीनपिस एकेडेमीका प्रहलाद चौधरी तेसो्र भए ।
माध्यमिक तह अन्तर्गत २ सय मिटर छात्रातर्फ मोर्डन प्रिपेटरीकी अनुदिता तिम्सिना प्रथम, लिटिल फ्लावरकी दिपशिखा बिक दोसो्र र सुनसरी सेन्टजेभियर्सकी निकिता श्रेष्ठ तेसो्र भइन । यस्तै ४ सय मिटर छात्रातर्फ कोशी सेन्टजेम्सकी सेलिना तामाङ प्रथम, नोबेल एकेडेमीकी सोनिका शाक्य दोसो्र र मोर्डन प्रिपेटरीकी अनुदिता तिम्सिना तेसो्र भइन । यस्तै ४ सय मिटर छात्रतर्फ मकालु इंगलिस स्कूलका माधव पाठक प्रथम, शिखर एकेडेमीका मनिष मगर दोसो्र र लिटल फ्लावरका नरेन्द्र चौधरी तेसो्र भए । यस्तै १ सय मिटर छात्रतर्फ पशुपति बोर्डिङका इकिल लिम्बु प्रथम, हिमशिखर स्कूलका अमर थापामगर दोसो्र र बाल आदर्श स्कूलका सेगल चौधरी तेसो्र भए ।
आइतबारदेखि जारी प्रतियोगितामा बिहिबार फूटबल, भलिबल र क्रिकेटका दोसो्र चरणका खेलहरु सम्पन्न भएका छन । यी खेलको फाइनल शनिबार सम्पन्न हुने प्रचारप्रसार संयोजक राजेश श्रेष्ठले जानकारी दिए । प्याब्सन इटहरी नगर समितीले आयोजना गरेको खेल महोत्सवमा इटहरी नगरक्षेत्रभरीका झण्डै एक सय नीजि बिद्यालयका बिद्यार्थीहरु सहभागी छन । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडी एवम विद्यालयलाई आकर्षक पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।