पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको कटारी नगरपालिका १४ घुर्मी पेट्रोल पम्प अगाडी हिजो ट्रकको ठक्करबाट १ जना यात्रुको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट मागी खाई हिड्ने अन्दाजी ४५ बर्षका पहिचान नखुलेका पुरुषलाई ठक्कर दिएको थियो । दिउँसो सवा २ बजेको समयमा भएको दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारको लागि स्थानीय अस्पताल हुँदै थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा साँझ ६ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भई रहेको कटारी प्रहरीले जनाएको छ । मृतकको शव परिक्षणको लागि कटारी अस्पतालमा राखिएको छ ।