AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जनताको विश्वास जित्ने गरी काम गर्नु पर्छ – प्रवक्ता श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७५, शुक्रबार १६:२४
3
Shares
विराटनगर / सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वताएका छन् ।

प्रवक्ता श्रेष्ठले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सरकार गठन भएको छोठो समय भएकोले यसको कामको मूल्याङकन गर्ने समय अहिले नभएको प्रष्ट पारे ।

प्रवक्ता श्रेष्ठले अझै पनि पार्टी गुटविहीन बन्न नसकेको समेत बताए । व्यक्तिगत स्वार्थमा आधारित गुटले पार्टीलाई गाँजेको बताउँदै उनले वैचारिक छलफल र अन्तरसंघर्ष बढाएर गुट अन्त्यका लागि आन्तरिक गृहकार्य भइरहेको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले निर्मला हत्या काण्डको अपराधीलाई पक्राउ नगरी सरकार उम्कन नमिल्ने बताउँदै उनले अपराधी पक्राउ गर्न सरकार लागि परेको बताए । हत्यारालाई सरकारले पक्राउ गरी कानून अनुसार कारवाही गर्ने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर