AArya
RUMPUM
animated ellipse animated ellipse

अरुण ३ परियोजनामा स्वदेशी सामाग्री प्रयोग गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७५, बिहीबार २१:१३
3
Shares
विराटनगर / संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका क्रममा नेपाली सामग्री प्रयोग गर्न माग गरिएको छ ।

९ सय मेगावाटको यो राष्ट्रिय गौरवको परियोजना विभिन्न कारणले पटक पटक स्थगित हुँदै निर्माणको चरणमा प्रवेश गरेपछि स्वदेशी सामाग्री प्रयोग गर्न माग गरिएको हो ।

भारतीय कम्पनी सतलज जलविद्युत निगमले ६ महिनाको अवधिमा आयोजनाका लागि सडक, ड्याम साइट, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य सुरु गरेको जनाएको छ ।

लगानी वोर्डको कार्यालयले विराटनगरमा बिहीबार गरेको कार्यक्रममा अरुण ३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले ५ वर्षभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताए ।

आयोजनालाई आवश्यक पर्ने जग्गाका लागि १ अर्ब २९ करोड रुपैयाँ मुआब्जा बाँडिएको छ । निजी क्षेत्रबाट ५० हेक्टर जग्गा सतलजले किनिसकेको र वनको जग्गा अधिग्रहणको कार्य पनि अघि बढाइएको शर्माले जानकारी दिए । वन क्षेत्रअन्तरगत ५ हेक्टर जग्गा अधिग्रहण भइसकेको छ भने १२३ हेक्टर जग्गा अधिग्रहण गर्न बाँकी छ ।

आयोजनाले बिहिबार प्रदेश नं। १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा सरोकारवालाहरुसँग छलफल गर्‍यो । आवश्यक निर्माण सामग्री कहाँबाट कसरी उपलव्ध गराउने विषयमा छलफल केन्द्रित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर