AArya
RUMPUM
animated ellipse animated ellipse

दर्ता बेगरको औषधी विक्री गर्ने देवी माँ पाथिभरा फर्मामा शिलबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७५, बिहीबार १९:३५
3
Shares
औषधी व्यवस्था विभागले शिलबन्दी गरेको औषधी पसल ।
विराटनगर ÷ प्रदेश १ को अस्थायी रांजधानी विराटनगरमा फार्मेसीले खुल्लेआम नेपाल औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री वितरण गर्ने गरेको पाइएको छ ।

विभागमा दर्ता भएको औषधी मात्र फार्मेसीहरूले विक्री गर्न पाउने कानुनी प्रावधन छ । तर, विराटनगरको एक खुद्रा औषधी पसलले खुल्लेआम औषधी व्यवस्था विभागमा दर्ता नभएको र भन्सार छलेर अवैध रुपमा भारतबाट भित्रयाएर औषधी विक्री वितरण गर्ने गरेको खुलसा भएको छ ।

दर्ता बेगरको त्यो पनि खुल्ला सिमाको फाइदा उठाउँदै भारतबाट अवैध रुपमा भित्राएको औषधी विक्री गर्ने विराटनगर ८ देवकोटा चौक दक्षिणमा रहेको देवीप्रसाद दुलालले सञ्चालन गर्ने ‘देवी माँ पाथिभरा फर्मा’ मा औषधी व्यवस्था विभाग विराटनगरले शिलबन्दी गरेको हो ।

औषधि ब्यवस्था विभाग विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पसलमा भण्डार गरी राखिएको ‘सेन्सियल प्लस ट्याब्लेट’ लेखिएको औषधि बरामद गरेपछि थप अनुसन्धानको लागि विभागले शिलबन्दी गरेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरको निमिक्त प्रमुख आशा थापाले बताइन् । ‘र्दता बेगरको भन्सार छलेर ल्याएको औषधी विक्री हुने गरेको सूचनाको आधारमा औषधि पसल अनुगमन गरेको थिइम,’ उनले भनिन्, ‘विक्रीको लागि भण्डार गरि राखिएको सेन्यियल प्लस ट्याब्लेट बरामद गरेको छौं ।’ उक्त पसलबाट ६६ बट्टा भएको र ४४ बट्टा भएको १ कार्टुन विभागमा दर्ता नभएको औषधी बरामद गरेको विभागले जनाएको छ ।

बरामद गरेको सबै औषधि विभागमा दर्ता छैन । भारतमा सस्तोमा पाइने भएकोले यहाँ ल्याएर विरामीहरूलाई महङ्गोमा विक्री गर्ने गरेको स्रोतले बताए । प्रमुख थापाको अनुसार एक महिनासम्म औषधी पसललाई शिलबन्दी गरि अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताइन् । विभागले पसलका सञ्चालक खतिवडालाई समेत अनुन्धानको लागि तारेखमा विभागको विराटनगर कार्यालय बोलाउने गरेको कार्यालय प्रमुख थापाले बताइन् । ‘अहिले हामी अनुसन्धानको क्रममा छौं,’ उनले भनिन्, ‘अनुसन्धानपछि थप कारवाही हुनेछ ।’ अनुसन्धानकै क्रममा रहेकाले कस्तो कारबाही हुने त्यो भने प्रमुख थापाले खुलाइनन् ।

यस अघि पनि औषधि व्यवस्था विभाग र प्रहरीले विराटनगर क्षेत्रमा विक्री हुने प्रतिबन्धित औषधी फार्मेसीहरूबाट पक्राउ गरेको थियो । भारतबाट अवैध रुपमा औषधी ल्याएर फामेर्सीहरुमा कारोबार गर्ने मुख्य गिरोहलाई प्रहरीले पक्राउ गरेपछि फार्मसीहरूले गर्ने कर्तुत खुलेको थियो । त्यस बेला विराटनगरको नाम चलेको अस्पतालहरूले भारतबाट सस्तोमा औषधी पाउने भएकोले यहाँ ल्याएर महङगो मुल्यमा विरामीलाई विक्री गर्ने गरेको पाइएको थियो । फार्मेसीले सम्पर्क गरेर अवैध धन्दामा लागेका व्यक्तिसँग सम्पर्क गरेर औषधी मगाउने र उनले किनेको मुल्यमा भन्दा दोब्बर, तेब्बरमा विरामीलाई विक्री गर्ने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर