पूर्वाञ्चल खबर
निगमको प्रदेश कार्यालय रहेको ट्यांकरको डिप सोमबार परीक्षण गर्नुको साथै अत्याधुनिक तालाचाबीलाई बिगार्न सकिन्छ कि सकिंदैन भनेर परीक्षण गरेपछि थप अनुसन्धानको लागि बरौनी डिपो गएका हुन् । इन्धन भर्ने आइओसी र खन्याउने एनओसीको विराटनगर डिपोमा मात्रै रहने अत्याधुनिक ताला कसरी खोलियो र डिजेल चोरी भयो भन्ने छानबिन टोलीले पाँच दिन बित्दा पनि पत्तो पाएको छैन् ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालयबाट आएका उपनिर्देशक अन्जना पोखरेलसहित इन्जिनियर प्रमेश पुडाशैनी र सहायक प्रवन्धक राजकुमार केसीको टोलीले शुक्रवारदेखि अनुसन्धानको लागि आएका छन् । केन्द्रबाट आएका तीन जनाको टोलीले इन्धन चोरीको अनुसन्धान गर्दै आएका छन् ।
गत बिहीबार आइओसीको बरौनी डीपोबाट २० हजार लिटर डिजेल बोकेर आएको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट आधुनिक ताला नखोली २ हजार ४ सय ८४ लिटर डिजल चोरी भएको पुष्टि भएको छ । आधुनिक लकिङ सिस्टम प्रयोग गरिएको ट्यांकरबाट ताला नखोली ठूलो परिणमा तेल चोरी हुनु आयल निगमको कर्मचारीदेखि ढुवानी कर्ता र चालकसम्मको मिलेमतो भएको आशंका गरिएको छ । तेल चोरी भएको ट्याङकरको लक सिस्टम तोडिएको थिएन् । चाबीको प्रयोग गरेर तेल चोरिएको देखिन्छ ।
आयल निगम विराटनगरको प्रमुख दिनेश यादवकै निगरानीमा रहने आधुनिक लक सिस्टमको चाबी मिलोमतो बिना बाहिरिन सक्ने अवस्था नरहेका कारण अहिले उनी विवादमा तानिएका छन् । यस अघि पनि प्रमुख भएर यहाँ आएका यादवले कृतिम
रुपमा तेल अभाव गराएको आरोपमा काठमाण्डौ तानिएका हुन् । अहिले पुन दोस्रो पटक प्रमुख भएर आएको एक महिना हुन नपाउँदा तेल चोरी प्रकरणमा विभादमा आएका छन् ।