पूर्वाञ्चल खबर
थापालाई विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देसदास श्रेष्ठ, नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेल, विराटनगर जेसिजका अध्यक्ष राजेन्द्र थपलिया, जुनियर जेसिज अध्यक्ष मिलाप कर्णले सम्मानित गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष रमित श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष डा. श्रेष्ठले यूवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने क्रममा विराटनगर जुनियर जेसिजले फरक पहिचान बनाउन सफल भएको बताए । नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेलले विराटनगर जुनियर जेसिजप्रति सदैब साथ र सहयोग रहने बताए । सम्मानित राष्ट्रिय जुनियर जेसिज संयोजक अभिनास थापाले नेपालभरी आफू चिनिनुमा विराटनगर जुनियर जेसिज नै रहेको बताए । सो अवसरमा जुनियर जेसिज क्षेत्र क संयोजक बादल दाहाल, पूर्व अध्यक्ष सन्दीप दास श्रेष्ठलगायतले शुभकामना दिए ।