AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ल्याइयो भारतबाट रेलको इन्जिन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७५, आईतवार १७:४१
3
Shares
फाइल तस्बिर।
विराटनगर / भारतको बथनाबाट विराटनगर महानगरपालिका १८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक मालबहाक रेल आइपुगेको छ ।

आज बेस ट्रायलमा दिउँसो कस्टमयार्डसम्म आठ किलोमिटरको दूरी पार गरी रेल–वे परीक्षणका लागि रेलको इन्जिन ल्याइएको हो । यसमा भारतीय रेल्वेसहित रेल्वे निर्माण कम्पनीका कर्मचारी बसेर आउँदा नेपाली भूमिमा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगर स्थित नेपाली कष्टम यार्डसम्म आएको थियो । पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भइसकेको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ । तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ ।

नेपालतर्फ मुआब्जालगायतका विवाद समाधान भए डेढ वर्षभित्र पुरै क्षेत्रमा रेल संचालन गर्ने सकिने भारतको नर्थइस्ट रेल्वेका डेपुटी चिफ एस विश्वासले जानकारी दिए । न्यू बिजी रेललाइन प्रोजेक्ट बथनाहा–विराटनगर रेल्वेका प्रोजेक्ट प्रमुख आश्विनी कुमारले यो परीक्षणले अब नेपाल भारत रेल्वे संचालन हुनेमा विश्वास बढेको बताए । मालवाहक रेल गुडाउन प्राथमिकता दिए पनि यात्रुबाहक रेल संचालन गर्न स्टेशनलगायत संरचना निर्माण दु्रत गतिमा निर्माण भई रहेको उनको भनाइ छ ।

अबको लगभग एक महिना भित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने निर्माण पक्षको दाबी छ । आगामी डिसेम्बर १२ दिनका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलमार्गको उद्धघाटन गर्ने बताइएको छ । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।

विराटनगर १८ का वडा अध्यक्ष संजयकुमार साहले रेल संचालनले सबैमा खुसी छाएको बताए । उनले मालबहाक रेल संचालन हुनु व्यापारिक दृष्टिकोणले धेरै फाइदाजनक रहेको जानकारी दिए । साहले मालबहाक सवारी साधन भन्दा पनि मालबहाक रेलमा ढुवानी खर्च कम लाग्ने भएका कारण व्यापारिक दृष्टिकोणका लागि रेल संचालनले महत्वपूर्ण अर्थ रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर