RUMPUM
animated ellipse animated ellipse

नेपालमा रोग पत्ता नलागेपछि मुख्यमन्त्री राई उपचारकालागि बैंकक जाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ कार्तिक २०७५, सोमबार १७:३३
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । मुख्यमन्त्री शेरधन राईको घाँटीमा देखिएको रोगको पहिचान नेपालका कुनै पनि अस्पतालबाट नभएपछि उनी बैंकक जाने भएका हुन् ।

विगत १ वर्षदेखि घाँटीको पछिल्लो भागमा समस्या झेलिरहेका मुख्यमन्त्री राई कात्तिक १७ गते उपचारका लागि बैंकक जान लागेका हुन् ।

प्रदेश १ को मन्त्रिपरिषदको बसेको बैठकले मुख्यमन्त्री राईको उपचारका लागि बैंकक भ्रमण स्वीकृत गरेको छ । मुख्यमन्त्री राईको भ्रमणका लागि संघीय सरकारले निर्णय गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।मुख्यमन्त्री राईले स्वास्थ्य उपचार निजी खर्चमा गरिने भन्दै सरकारको एक पैसा पनि नलिने जनाएका छन् ।

मुख्यमन्त्री राईको गर्धन हल्लिने समस्या छ । कतिपयले रक्त प्रवाहमा समस्या भनेका छन् भने केहीले घाँटीको हड्डी खिइएको बताएका छन् । सबैखाले उपचारबाट सुधार नभएकाले रोग पहिचानका लागि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटल रोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर