AArya
RUMPUM
animated ellipse animated ellipse

विजयादशमीको टीका प्रकरण : राष्ट्रपति कार्यालय र सेनाबीच जुहारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ कार्तिक २०७५, बुधबार ०७:३३
3
Shares
काठमाडौं / विजयादशमीको अवसरमा राष्ट्रपति शीतलनिवास पुगेका विशिष्ट व्यक्तिहरूले निहुरिएर र घुँडा टेकेर टीका लगाउनुपरेको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भइरहेको छ।

बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गर्दा घुँडा टेक्नुपरेको वा असजिलो गरी निहुरिन पर्ने अवस्था आउनुमा राष्ट्रपतिको सचिवालय र सुरक्षार्थ खटिएका नेपाली सेनाको लापरबाही रहेको बताइएको छ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री, उपराष्ट्रपति र मन्त्रीहरूले कुर्सीमै बसेर टीका लगाएका थिए। तर मन्त्रीहरूले टीका लगाएपछि राष्ट्रपतिको सुरक्षामा खटिएको नेपाली सेनाको पालो आएपछि कुर्सी हटाइएको थियो। ‘टीका लगाउन आउनुभएका पाहुनालाई अपमान गर्ने , शिर झुकाउने र असहज पार्ने कुनै खराब नियत थिएन’, राष्ट्रपति सचिवालयका एक सदस्यले भने।

‘नेपाली सेनाको प्रचलनअनुसार राष्ट्रपतिसँग झुकेर टीका लगाउने परम्परा रहेछ’, राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘त्यही क्रममा सेनाले नै कुर्सी हटाएको हो। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली आएपछि पालो छोडिदिँदा कुर्सी नभएका कारण घुँडा टेकेर टीका लगाउनुभएको हो।’

यता नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले टीका ग्रहण गर्ने क्रममा कुर्सीको विषयमा आफूहरू दोषी नरहेको बताए। ‘राष्ट्रपतिको सुरक्षाको काम मात्र सेनाको हो’, उनले भने, ‘व्यवस्थापनको काम राष्ट्रपतिको सचिवालयको हो।’ आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर