पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै उपनेता गच्छदारले यस्तो बताएका हुन् । परराष्ट्र, अर्थ र सुरक्षा जस्ता विषयमा प्रदेश सरकारले केन्द्रसंग समन्वय गर्नु नै राम्रो हुने उप नेता गच्छदारले बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका उप नेता गच्छदारले नेपाली कांग्रेस विजयी भएको स्थानीय निकायमा संघीय सरकारले वजेट कटौती गरी भेदभाव गरेको आरोप समेत लगाए । यसवाट स्थानीय सरकारले स्वायत्त तथा आत्म निर्भर भएर जनताको विकासको चाहना पुरा गर्न नसकेको धारणा व्यक्त गरे ।
भारतसंगको थप चार हवाई रुट प्राप्त गर्ने सहमती कार्यान्वयन हुन नसकोमा सरकारको असफलता भएको वताउँदै उपनेता गच्छदारले मुलुकमा महंगी वृद्धि र जनतामा कर भार थप गरेकोमा चिन्ता गरे ।
नेता गच्छदारले मुलुकमा दिनप्रतिदिन शान्ति सुरक्षाको अवस्थामा विग्रदै गएको वताए । उनले करणी र हत्याका घटना दिन प्रतिदिन वृद्धि भएर सुरक्षा अवस्था नभएको जस्ता अनुभूति जनताले गरेको आरोप समेत लगाए ।