AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोदीले लिए कोशी अञ्चल अस्पतालबाट सेवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०७५, सोमबार १२:५१
3
Shares
विराटनगर / विराटनगरको कोशी अञ्चल अस्पतालमा मध्यम बर्गिय परिवार उपचारकालागि जान मान्दैनन् । बिशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रवाह भएपनि निम्नबर्गियहरुको प्राथमिकतामा नपर्ने अञ्चल अस्पतालमा प्रतिनिधि सभा सदस्यले श्रीमतीको प्रसूति गराएका छन् ।

मोरङ क्षेत्र ४ बाट निर्वाचित संसद अमनलाल मोदीले श्रीमती रितु लेखीको प्रसूति अञ्चल अस्पतालमा गराएका हुन् । आइतवार अञ्चल अस्पतालमा स्त्री तथा प्रसूति रोग बिषेशज्ञ डाक्टर योगेन्द्रप्रसाद मिश्रको टिमले सल्यक्रिया गरेको थियो । २०७२ साल पुसमा पनि मोदीको पहिलो सन्तान कोशी अञ्चल अस्पतालमा नै जन्मिएको थियो ।

‘अञ्चल अस्पतालको सेवा राम्रो हुदा हुदैपनि मान्छेहरु राम्रो छैन भन्छन’ अस्पतालमा श्रीमतिको कुरुवा बसेका मोदी भन्छन ‘सरकारी अस्पतालको सेवा विश्वसनिय छ ।’ अस्पतालको सेवा गुणस्तरीय भएका कारणले निजी अस्पतालमा नलगेको उनको भनाई छ । उनले सरसफाई र भौतिक संरचना बाहेक अञ्चल अस्पतालको सेवा धेरै राम्रो भएको बताए ।

उपचारकालागि आउने निम्न बर्गलाई जानकारी नहुदा सरकारले दिने सेवा सुविधाहरु सम्पन्न बर्गले लिने गरेको मोदीको गुनासो छ ।‘पद र प्रतिष्ठा हुदा ठूला अस्पतालमा जानुपर्छ भन्ने छैन् ।’ उनले थपे ‘‘म, परिवार सबैको उपचार अञ्चल अस्पतालमा नै गराउछु ।’ सरकारी अस्पतालमा प्रसूति गराएका मोदी अस्पतालबाट छुट नलिने बताए ।
अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रोशन पोखरेल अस्पतालको सेवा गुणस्तरीय भएकाले सर्बसाधरणहरुको चाप बढ्दै गएको बताउछन् । सर्बसाधरणको धेरै चाप भएका कारण सरसफाईमा केही कठिनाई भएको उनको भनाई छ । तर पहिलो तुलनामा अस्पताल सफा रहेको पोखरेलको दाबी छ ।

अस्पतालमा दरबन्धी अनुसारका विषेसज्ञ डाक्टरहरु छैनन् । १२ जना ११ औ तहका बिषेशज्ञ डाक्टरको दरबन्दी रहेपनि अस्पतालमा भने ५ जना मात्र कार्यरत छन् । आवश्यकता अनुसार बिषेसज्ञ डाक्टरहरु करारमा राख्ने गरेकाले पनि सेवाग्राहीको चाप बढेको पोखरेलको दाबि छ । एकाध कहिलेकाही हुने घटनाले अस्पताल विरुद्ध नकारात्मक सन्देश फैलिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर