पूर्वाञ्चल खबर
सदनलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारहरुलाई स्तरहिन र सपनामा देखेका कुरा लेख्ने भन्दै तुच्छ प्रकारका शब्द प्रयोग गर्दै गाली गरेका छन् ।
एक नम्बर प्रदेश सभाको बर्षे अधिवेशनको समापन बैठकलाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले प्रस्ट गल्ति नै नऔल्याई अमूर्त बिषय कोटयाउदै जथाभावी लेखेर गैर व्यवसायिक र स्तरहिन चरित्र देखाएको, सपनामा देखेका कुराहरु लेखेर आफुलाई बदनाम गराएको र सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै गाली गरेका हुन् ।
सभाको रोष्ट्रमबाट सभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले झण्डै दश मिनेट कुन मिडिया र पत्रकारको कुन समाचारमा कहाँ गल्ति भयो भन्ने समेत नप्रष्टयाई एक्कासी सम्बोधनमा प्रसंग फेरेर आम पत्रकारहरुलाई गाली गरेका थिए । उनले प्रदेशको स्थायी राजधानी र नामाकरणको बिषय सुरु गर्दै मिडियाले हचुवा प्रकारले जथाभावी लेखेर बिषयलाई हल्का बनाउने काम गरेको आरोप लगाउदै भने, ‘यो हल्का बिषय हैन यसैले मिडियाले गैर व्यवसायिक ढंगले लेख्नु राम्रो हैन म यसमा दुख व्यक्त्त गर्दछु ।’