पूर्वाञ्चल खबर
नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई जेष्ठ नगरपिता र नगरमाता घोषणा गरिएके हो । उनीहरुलाई प्रदेश नं १ का प्रमुख प्रा डा. गोविन्दवहादुर तु्म्वाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले जनही नगद रु ११ हजार सहित दोसल्ला ओढाई सम्मान गरेका छन् । सो अवसरमा नगरका १२ वटै वडाका एक महिला एक पुरुष गरी २४ जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको छ । मारोहमा प्रमुख प्राडा.तु््म्वाहाङले विद्यालयस्तरमा विद्यार्थीहरुलाई जेष्ठ नागरिकहरुलाई सम्मान तथा आदर गर्ने पाठ्यक्रम राख्न् पर्ने वताए । उनले शिक्षाको विकासवाट वालवालिकामा नैतिक ज्ञान आर्जन हुने हुँदा भावि दिनमा मातापिताले जेष्ठ नागरिकलाई सम्मानसंस्कार दिनु पर्ने आवश्यक्ता औल्याए ।
सु्न्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलव्ध गराउने व्यवस्था गरेको जानकारी दिए । उनले जेष्ठ नागरिकहरुको शिप र अनुभवलाई सही रुपमा प्रयोग गर्नसके मात्र समृद्ध नेपालको सपना पुरा हुने धारणा व्यक्त गरे ।
जेष्ठ नागरिक समाज सु्न्दरपुर हरैचाका अध्यक्ष रामकुमार कार्कीको सभापत्त्विमा भएको उक्त कार्यक्रममा उपप्रमुख धनमाया तामाङ,कार्यकारी अधिकृत राजेन्द्र भट्टराई र नेकपाका नगरपालिकाका अध्यक्ष केदार गुरागाईले जेष्ठ नागरिहरुलाई सवैले आदर र सम्मान गर्नु पर्नेमा जोड दिए । नगरपालिमा ६० वर्ष माथिका ९ हजार जेष्ठ नागरिकको वसोवास रहेको छ ।