पूर्वाञ्चल खबर
हलुवाई समाजको कुल देवताको रुपमा चिनिने वावा गणिनाथको जन्म जयन्तीमा समाजले कलश तथा झाँकी सहितको रथ यात्रा निकालेर नगर परिक्रमा गरेको थियो ।
विराटनगरको रौनियार धर्मशालामाबाट निस्केको रथयात्राले नगरको विभिन्न भागको परिक्रमा गर्दै हाटखोेला स्थित गणीनाथ वावाको मन्दीरमा पुगेरसभामा परिणत भएको थियो ।
सभामा ठुलो संख्यामा हलुवाई समाजको सहभागिता रहेको थियो । रथायात्रमा झापा , मोरङ तथा सुनसरीलगायत भारतवाट समेत हलुवाई समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रम १० हजारभन्दा वढि हलुवाई समुदायको सहभागी रहेको हलुवाई सेवा समाज कल्याण सेवा समितिका अध्यक्ष दिनेश साहले वताए । हलुवाई समाजले प्रत्येक वर्ष गणिनाथ वावाको जन्मोत्सव मनाउदै आएको उनको भनाई छ । वावाको जन्मोत्समा हलुवाई मात्र नभएर सवै समुदायका मानिसहरु सहभागी हुने गरेकाले यसको महत्व वढदै गएको साहले बताए ।