RUMPUM
animated ellipse animated ellipse

विराटनगर जलमग्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०७५, बिहीबार १५:४३
18
Shares
विराटनगर / आज बिहानै परेको वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानमा परेको छ ।

पानीको निकास सही ढंगले हुन नसक्दा केही समय परेको वर्षामै विराटनगर जलमग्न बनेको हो । विराटनगरको एयरपोर्ट रोड डुबानमा परेको छ । त्यहाँबाट एयरपोर्ट जान आउन सर्वसाधरणलाई समस्या परेको छ । यस्तै विराटनगर–३ स्थित हिमशिखर टोलको साझा मार्गबाट डुबान भएका कारण आवत जावतमा समस्या भएको छ । यस्तै बुढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप डुबानका कारण बन्द गरिएको छ । पानीको निकास नहुँदा खेतबाट आएको पानी आरती स्ट्रिप्सको भित्र पसेपछि काम बन्द गरिएको हो ।

सर्वसाधरणले पानी सहज ढंगले निकास भएर बग्ने वातावरण बनाउन नगरपालिकालाई पटक पटक भन्दा पनि चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विराटनगर–३ स्थित हिमशिखर टोल प्रायः पानी पर्दा डुबान भइरहने क्षेत्र हो । यहाँको डुबान नियन्त्रण गर्न र उपर्युक्त निकासको व्यवस्था गर्न पहल गरेको भएपनि सुनुवाई नभएको सर्वसाधरणको भनाइ छ ।

विराटनगरमा गत २४ घण्टामा १ सय १६ मिलिलिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरी नै आंशिकदेखि सामान्य बदली रहि केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । अत्याधिक गर्मीको मारमा परिरहेका विराटनगरबासीका लागि पानी परेर राहत भएपनि डुबानको समस्याले अर्को हैरानी थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर