पूर्वाञ्चल खबर
छलफलमा सहभागी सभासदहरुले प्रदेश सरकारले करलाई रहर वनाउन “कर मैत्री वातावरण वनाउनु पने र्”, एकद्धार नितिले कर उठाउने सम्वन्धमा स्थानीय निकायवीच समन्वय गर्नु पर्ने,जनतालाई कर वुझाउन उत्साहित बनाउने बताए ।
प्रदेश सभा सदस्यले करको दायरा फराकिलो बनाउनु पर्ने, करको माध्यमवाट संघीयता माथि प्रहार भैरहेकोमा प्रदेश सरकार सचेत हुनुपर्नेमा जोड दिए । प्रदेश नं १ मा रहेका १३७ स्थानीय निकायलाई कर उठाउने सम्वन्धमा एकरुपता ल्याउन प्रदेश सरकारले चाँडै नै अन्तरक्रिया गरी समन्वय कायम गर्नु पर्ने विचार व्यक्त गरे ।
करको दायरामा सहकारीलाई पनि समेटनु पर्ने, सवारी साधान, विज्ञापन , मनोरन्जन ,प्राकृतिक श्रोत आदि परम्परागत सोचमा परिवर्तन गरी करको दायरा वढाउनु पर्ने सरकारलाई आग्रह गरे । सभासदहरुले कर चुहावट रोक्नका लागि अनुगमन व्यवस्थित गर्नुपर्ने,सवारी साधन सम्वन्धी कर अन्य प्रदेशमा दर्ता भए पनि यहाँ संचालन भएमा कर उठाउनु पाउनु पर्ने , व्यापारी फर्मलाई अन्जानमा भएको गल्तीको लागि जरिवाना छुटको व्यवस्था हुनुपर्ने बताएका थिए । बैठकमा श्रीप्रसाद मनौली, उदिता विश्वकर्मा, वसन्तीदेवी यादव, रामवहादुर मगर र जयराम यादव बोलेका थिए ।