पूर्वाञ्चल खबर
कार्यक्रममा राष्ट्रिय जनगणनाका विषयमा तीनतहको सरकारलाई कसरी समन्वयगर्ने विषयमा छलफल भएको थियो । गणनालाई प्रभावकारी बनाउन स्थानिय सरकार, सरकारी तथा गैर सरकारी संघसस्थाहरुसंग छलफल गरेर अघि बढ्ने बताएको छ ।
यसपटकको जनगणना दुइ ढाचामा सञ्चालन हुने विभागका निर्देशक ढुंडिराज न्यौपानेले बताए । पहिलो चरणमा परिवार सुचिकरण तथा दोश्रो चरणमा व्यक्तिगत गणना मुल प्रश्नावली अनुसार गणना हुने छ ।
नेपालमा जनगणना १९६८ बाट शुरु भएको थियो । प्रत्येक १०÷१० बर्षमा गणना हुदै आएको छ । कार्यक्रममा बोल्दै एक नम्वर प्रदेश आन्तरिक मामिला तथा कानुनमंत्री सवैलाई समेट्नेगरी वैज्ञानिक र व्यवस्थित ढंगले जनगणना हुनुपर्ने बताएका थिए ।