पूर्वाञ्चल खबर
नोबेल मेडिकल कलेज विराटनगरमा एक बालक बन्धक भएका छन् । उपचार खर्च तिर्न नसक्दा खोटाङ थामखर्कका १४ बर्षीय सुमन परियार नोबेल अस्पताल विराटनगरमा ४ दिन देखि बन्धक भएका हुन् ।
शारिरका विभिन्न भाग कुहिएर झर्न थालेपछि सुमनका अभिभावक नेत्र परियारले उपचारकालागि नोवेल ल्याएका थिए । उपचारको क्रममा पैसा तिर्न नसकेपछि उनी बन्धक भएका हुन् । गत असोज ३ गते परियारलाई नोवेलमा भर्ना गरिएको थियो । सुमनका बुबा नेत्रका अनुसार नोवेलका डाक्टरले पैसा रहुन्जेल उपचार गरे तर पैसा सकिएपछि विमारीलाई उपचारगर्न छोडेको गुनासो गरे ।
अस्पतालमा ६० हजार तिरेका नेत्रले अझै ४० हजार तिर्न बाकी छ । अस्पतालले थप उपचारकालागि भदौ ७ गते नै सुमनलाई काठमाण्डौ लैजान भनेपनि अस्पतालको बिल तिर्न नसक्दा उनी बन्धक भएका हुन् ।
अस्पताल प्रशासनले उपचारको बक्यौता रकम भुक्तानी नगरेसम्म जान नदिने भएपछि सुमन उनका बुबा नेत्र र दिदी सुनिता अस्पतालको सर्जीकल वाडको ३० नम्मर बेडमा बसिरहेका छन् । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले अनबिज्ञता प्रकट गरे । उनले आफुलाई केही जानकारी नभएको बताए ।