पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको सँयुक्त टोलीले नेपालबाट भारत तर्फ चोरी निकासी हुँदै गरेको मरिचसहित ३ वटा मोटरसाइकल र ४ वटा साइकल समेत प्रहरीले बरामद गरेको प्रदेश नम्बर १ को प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तस्करहरुले भारतीय डब्लुबि ७४ एजे ६६५, डब्लुबि ७४ पि ६२१२ नम्बर तथा नेपाली मे १ प ९१२१ नम्बरको मोटरसाइकल तथा ४ वटा साइकलमा राखेर ७ बोरा मरिच तस्करी हुँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बरामद मरिच तथा सवारी साधनअनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।