पूर्वाञ्चल खबर
जिल्ला अदालत मोरङका न्यायाधी नारयणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख र र प्रहरी जवान विष्णबहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएको थियो । तर, सोही आदेश रित पुर्वक नभएको ठहर गर्दै सरकारी बकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए ।
उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको हो । खडका र थापा निलम्बन एसएसपी श्याम खत्रीका सहयोगी हुन् ।
मंगलबार चार वटा इजालमा पाँच थान मुद्दा छुटा–छुटै इजालमा बहस भएको थियो । सुन तस्करी र हत्या प्रकरण मुद्दामा पुर्पपक्षको लागि थुनामा रहेका हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर बताइएको छ।