RUMPUM
animated ellipse animated ellipse

गुुरु योजनाका साथ पर्यटन प्रवद्धनमा प्रदेश सरकार अघि वढदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०७५, सोमबार १४:२७
3
Shares
कुुमोद अधिकारी
विराटनगर / एक नम्वर प्रदेशमा रहेका पर्यटकिय स्थलको विकासकालागि नितिगत योजनाका साथ पर्यटनप्रर्वद्धनमा प्रदेश सरकार जुुटेको छ ।

संघिय सरकार तथा स्थानिय सरकारसंग समन्वयगर्दै पर्यटनक्षेत्रको विकासमा प्रदेश सरकार जुुटेको हो । त्यसका लागि प्रचलनमा आएका तथा प्रचलनमा नआएको पर्यटकिय स्थललाई दुुई भागमा वर्गिकरणगरी गुुरुयोजना वनाइएको छ । प्रदेश सरकाले लामो समयदेखि ओझेलमा परेका ऐतिहासिक र धार्मिक पर्यटकिय स्थललाई व्यवस्थितगर्नेगरी योजना अघि सारेको छ ।

सगरमाथा, कंचनजंगा, मकालुु, अमादव्लम, तिनजुरे,मिल्के , लालीगुुराँस, चतराधाम, पाथिभरा माता तथा हलेशी महादेव जस्ता प्रचलनमा आएका प्रमुुख पर्यटकिय स्थललाई भौतिक पुर्वाधारदेखि पदमार्गका विकासका लागी योजना वनाएर काम अघि वढाएको उधोग पर्यटन वन तथा वातावरण मंत्री जगदिश कुुसैयतले वताए । पर्यटन उधोगको विकास एंव विस्तारकालागी क्षेत्रगत विकासको अवधारणा सहित गुुरुयोजना तर्जुुमागरी त्यसलाई आवधिक योजना तथा वार्षिक कार्यक्रममा समावेश गरि सकेको मंत्री कुुसैयतको भनाई छ ।

यसैगरी प्रचलनमा आउन नसकेका विराटनगरको महाभारतकालिन एैतिहासिक विराटराजको दरवार, सुुनसरीको वर्जुुताल, कोशी टप्पुु, दन्तकाली, वुुढासुुव्वा, पिण्डेश्वर मन्दिर, धनकुुटाको भेडेटार, नमस्ते झर्ना , पाख्रिवास, पाँचथरका किराँत समुुदायका गुुरु फाल्गुुनन्द र लुुव्रेकुुटि सखुुवासभाको सभापोेखरी तथा उदयपुुरको रौतामाई पोखरी जस्ता पर्यटकिय स्थलको विकासका लागी मन्त्रालयले योजना वनाइ सकेको छ । पर्यटकलाई व्यवस्थित वनाउन पर्यटक प्रहरी संचालन , पर्यटक गाइड तथा होटेलको व्यवस्था मन्त्रालयले जोड दिएको छ ।

यतीमात्र होइन मन्त्रालयले पर्यटनको गन्तव्य आकर्षण , मुुख्य लक्षितवर्गलाई पहचानगर्दै विपन्न समुुदायलाई पर्यटन व्यवसायमा सहभागी गराउन ग्रामिण पर्यटनको विकासमा समेत योजना वनाएको छ । पर्यटकिय स्थलमा होमिस्टे संचालनकालागि मन्त्रालयले अति विपन्न समुुदायलाई सहयोग गर्ने जनाएको छ । मन्त्रालयलले उधोग र पर्यटनक्षेत्रलाई संगसंगै अघि वढाउनेगरी इलामको कन्याममा चिया खेती तथा संखुुवासभामा रुद्राक्षखेतीलाई समेत व्यवस्थितगर्ने भएको छ ।

आन्तरिक तथा वाह्रय पर्यटनलाई आर्काषित गराउन आधुुनिक सुुचना प्रविधिलाइृ अधितम प्रयोग गदै पर्यटकहरुको पूर्ण डाटा संकलन गर्ने गरी काम अघि वढाईएको मन्त्री कुुसैयतले जानकारी दिए । पर्यटकिय क्षेत्रको विकासका लागी वृहद योजना अघि सारेको र मन्त्रालयको योजनामा संघिय सरकारले समेत आर्थिक सहयोगगर्ने जनाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर