पूर्वाञ्चल खबर
आर्थिक वर्ष २०७४/७५ मा वन पैदावार (सरकारी र साझेदारीवाट रु ९ करोड ३४ लाख २२ हजार ८४९ , दाउरा विक्रीवाट रु १६ लाख ५७ हजार ५५७।२८,जडीवुटीवाट रु १ लाख ९१ हजार ९ सय ,सामुदायिक वनवाट रु ६४ लाख ६ हजार १५८, न्यायिक दस्तुुरवाट रु १० लाख ३३ हजार ५७० ,वेरुजुु असुुलिवाट २८ लाख २२५ हजार ०३३, र प्रशासनिक सेवावाट रु ७ लाख ९५ हजार ६६ राजश्व संकलन गरेको जिल्ला वन कार्यालयका प्रमुुख डा. विनोद देवकोटाले जानकारी दिए । राजश्व अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा बढी भएको देवकोटाले बताए । अघिल्लो वर्ष कार्यालयले रु ७ करोड ५० लाख राजश्व संकलन गरेको थियो ।
यसैगरी सामुुदायिक वनवाट ३ लाख ३४ हजार, साझेदारी वनवाट १ लाख ९३ हजार, सरकारी वनवाट ४४ हजार ९९० तथा निजी वनवाट २ लाख ११ हजार क्युुवि काठ उत्पादन भएकोे छ ।
वनवाट उत्पादित काठ उपभोक्तालाई यसवर्षपनि वन पैदावार आपुुर्ति समितिवाट वितरण गर्ने तयारी भइरहेको छ । कार्यालयले वनको उपयोग सवै समुुदायमा पुु¥याउन गतवर्ष झण्डै ३४ हजार क्युुवि काठ वितरण गरेको छ । वन पैदावार आपुुर्ति समितिले जिल्लाका ५५० उपभोक्तालाई काठ वितरण गरेको हो ।
जिल्ला वनले सस्तो मुुल्यमा सहज रुपले उपभोक्तालाई घरवनाउन देखी विकास निमार्ण तथा कृषि औजार निर्माणका लागि काठ उपलव्ध गराउदै आएको कार्यालय प्रमुुख डा. देवकोटाले बताए ।