AArya
RUMPUM
animated ellipse animated ellipse

बाल विवाहविरुद्ध झोराहाटमा सचेतनामूलक ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७५, शनिबार २०:२८
3
Shares
विराटनगर / स्मिथ स्काई क्लब झोराहाटको आयोजनामा आज बाल विवाहविरुद्ध सचेतनामूलक ¥याली निकाएको छ ।

प्रहरी कार्यालय र ग्रामथान गाउँपालिका वडा नम्बर २ सँग समन्वय गरेर ¥याली निकालिएको हो । साबिकको झोराहाट ३, ४ र ५ वडामा निकालिएको ¥यालीमा ग्रामथान गाउँपालिकाका अध्यक्ष कृष्ण माझीसहित प्रहरी, स्थानीय यूवा, बालबालिका, समाजसेवी, शिक्षक र विद्यार्थीको सहभागिता रहेको क्लबका लिडर रञ्जित सरदारले जानकारी दिए । झोराहाटमा ५ वटा क्लब छन् । एउटा क्लबमा २५ देखि ३० जना यूवा सहभागी छन् । हाम्रो स्काई क्लबले जेब्राक्रसिङ बनाएको छ । यस्तै सचेतनासम्बन्धी होडिङ बोर्ड पनि राखेको क्लबका यशोदा पोखरेलले बताइन् । योङ नेपाल स्काई क्लबले भने शनिबार नै वीरेन्द्र माविमा सरसफाई गरेको छ । क्लबले पिडारमनीमा यात्रुका लागि प्रतीक्षालय निर्माण गरेको छ ।

क्लबमार्फत विभिन्न जनतेतनामूलक कार्यक्रम विगत डेढ महिनादेखि सञ्चालन भइरहेको छ । ६८ हप्तासम्म स्काई मोडलमा आधारित रहेर विभिन्न कार्यक्रम सञ्चालन हुनेछ । क्लबहरूले विभिन्न सामुदायिक गतिविधि र परियोजना सञ्चालन गर्ने र समुदायमा रहेका यूवाहरूलाई सही बाटोमा लाग्न अभिप्रेरित गर्नेछन् । कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष कृष्ण चौधरी, उपाध्यक्ष फुलकुमारी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । क्लबहरूलाई एमडीएमएस र वल्र्डभिजनले प्राविधिक सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर