पूर्वाञ्चल खबर
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात दीक्षान्त गर्न लागेको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा वेलायत विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले कलेजवाट उत्पादित जनशक्ति विश्व वजारमा सहज र सरल किसिमले खपत हुने वताए । उनले सन् २००२ मा नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे ।
विश्वविद्यालयका केल्भीन नेजीले दीक्षीत विद्यार्थीहरुवाट विश्व वजारमा नेपाल र नेपाली विद्यार्थीको गरिमा वढ्ने वताए । इनोभेट नेपाल ग्रुपका सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका वताए ।
कलेजका प्रमुख भेषराज पोखरेलले कलेजले विद्यार्थीहरुलाई आवश्यक पर्ने ज्ञान हासिल गर्नका लागि वेलायत र थाइलैण्ड समेत पठाउने गरेको जानकारी दिए । सो अवसरमा वेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले शिप तथा दक्षता हासिल गर्ने कार्यमा वेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको वताए ।
कलेजले चार वर्षअगाडि सञ्चालन गरेको स्नातक तहमा वजार व्यवस्थापन विषयमा आज दिक्षीत हुने विद्यार्थीहरुमा ८० प्रतिशत रोजगार प्राप्त गरेका छन् । उक्त कलेजमा अध्ययनरत तीन सय विद्यार्थीहरुमा १० प्रतिशत भारतीय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।