पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले जुम्लामा डा. केसी पक्राउ नगरी उनको जीवन रक्षाको तथा स्वास्थ्य उपचारका लागि काठमाडौ ल्याएको बताएका हुन् ।
रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आारभूत समस्या समाधान गर्न कटिवद्ध रहेको समेत बताए । उनले पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय शिक्षा चिकित्सा विधेयक जस्ताको तेस्तै ल्याउनु पर्ने माग अनुचित भएको वताउँदै संसदमा प्रतिपक्षद्धारा विधेयक टेवुल गर्न नदिनु अधिनायकवाद हो भने ।
उपप्रधानमंत्री पोखरेलले स्वास्थ्य विधेयक संसदमा छलफल भई यसमा भएका समस्या समाधान हुनु पर्नेमा जोड दिदै जननिर्वाचित संसदमा विधेयकका वुंदामा आश्यक संशोधन प्रस्ताव राखी छलफल प्रकियावाट विधेयकमा रहेका विवाद टुङग्याउनु पर्नेमा बताए । रक्षा मन्त्री पोखरेलले स्वास्थ्य विधेयक सम्वन्धमा वार्ता गर्न वर्तमान सरकार खुल्ला रहेको धारणा व्यक्त गर्दै यसलाई विधि र प्रकियाबाट समाधान गर्नु पर्नेमा जोड दिए ।
एक प्रश्नको जवाफमा उनले डा. केसीको अनशन जनताको हितका लागि गरिएको माँग हो भन्ने तर सरकारसग उनीलाई छलफल गर्न नदिनु यो के हो भन्ने प्रश्न गर्दै यो अधिनायकवाद सोचबाट ग्रस्त भएको मानसिकताले काम गरिरहेकोले वार्तामा वाधा अडचन खडा गरिरहेका छन् बताए ।