पूर्वाञ्चल खबर
कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायमा चौथो ब्याचमा ७ सय ५० भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
कलेज व्यवस्थान समितीको अध्यक्ष रञ्जन कार्कीकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास समन्य समितीका उप–सचिव राजेन्द्र बुढाथाकी, कलेजका प्रिन्सिपल सन्तोष भगत, भाइस प्रिन्सिपल भूवन नेपाल, कलेजका सिइओ विष्णु दाहाल, कलेजका पूर्व अध्यक्ष जनक अधिकारी, कलेजका संस्थापक प्रा.डा.तेजनारायण मण्डल, प्रा.डा.ईन्दुशेखर झा, प्रा. सन्जय ठाकुर र स्मृती स्कूलकी प्रिन्सिपल रिता न्योपानेलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।
कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए ।