पूर्वाञ्चल खबर
एक महिनादेखि काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारत सुब्बाको मंगलबार दिउँसो १ बजे निधन भएको सुब्बाका प्रेस संयोजक योगेसबाबु काफ्लेले जानकारी दिए ।
निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । ५६ बर्षीय सुब्बालाई छातिमा निमोनियाको इन्फेक्सन भएपछि हुई सातादेखि काठमाडौ स्थित ग्रान्डि अन्तराष्ट्रिय हस्पिटलमा उपचारत रहेका मेयर सुब्बाको स्वास्थ्यमा सुधार आइरहेको बताइएको थियो ।
उनलाई केही दिनमै सघन उपचार कक्ष आइसीयूबाट जनरल वार्डमा सार्ने तयारी गरिएपनि पुन समस्या बल्झेको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो । सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।