पूर्वाञ्चल खबर
समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो ।
तर यसमा सबैभन्दा बढी ध्यान क्राेएसियाले राष्ट्रपति काेलिन्दाले खिचिन् । खेलाडी र अफिसियललाई पदक वितरण समारोहमा उपस्थित राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरबाट उनको प्रशंसा भइरहेको छ ।
पहिलोपटक विश्वकपको उपाधि चुम्नबाट आफ्नो देश चुके पनि मुसलधारे पानीमा रुज्दै उनले दुवै देशका खेलाडीलाई हाँस्दै र अंकमाल गर्दै हार्दिकता प्रस्तुत गरिन्। मुसलधारे पानीमा भिज्दै उनले अाफ्ना खेलाडीहरूकाे साहसिक खेलबाट खुसी हुँदै खेलाडीलार्इ अँगालाेमा बाधिरहेकी थिइन्।
जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने फाइनल उपाधि जित्न नसक्दा दुःखी थिए, तर राष्ट्रपतिले भावुक हुँदै उनीहरूलार्इ शान्त्वना समेत दिइन् । आजको नागरिक दैनिकमा यो खबर छापीएको छ ।