RUMPUM
animated ellipse animated ellipse

आज २०५ औँ भानु जयन्ती विश्वभर मनाइदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७५, शुक्रबार ०८:५१
3
Shares
विरानगर / नेपाली भाषा साहित्यका आदिकवी भानुुभक्त आचार्यको आज २०५ औँ जन्मजयन्ती नेपाल र विदेशका बिभिन्न ठाँउमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाईदै छ ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन पाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक धार्मिक , सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले अगुवाका रुपमा लिने गरेको छ ।

बि.स १८७१ असार २९ गते तनँहुको चुँदि रम्घामा पिता धन्नजय र माता धर्मावतीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको थियो ।

आचार्यले ‘अध्यात्मानारायण’को भानुवाद गरि नेपाली समाजमा नेपाली मौलिक भाषा, साहित्य , धर्म, दर्शन र राष्ट्रियता वीजारोपण गरेका थिए ।

उनका ‘प्रश्नोतर’१९१०, ‘भक्तमाला’ १९१० ‘वधुशिक्षा’ १९१९ ‘रामगीता’ १९२५ तथा दर्जनौ फटकर तथा साहित्य कृति पनी प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रहित गरी कवि तथा गजलकार मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा उनलाई चिनाएका हुन्।

नेपाली समाजमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेका आचार्य मूर्धन्य व्यक्तित्व भएको साहित्यकारहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर