पूर्वाञ्चल खबर
प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद सिटीइभी, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजी प्राविधिक शिक्षालय महासंघको सहभागितामा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।
सिटीइभीटी क्षेत्रीय कार्यालय, इटहरीका प्रमुख डा.शिब दाहालको प्रमुख अतिथ्यमा पत्रकार महासंघ, विराटनगरको कार्यालयमा सम्पन्न भएको छ । सहभागितामुलक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. दाहालले प्राविधिक शिक्षाको आवश्यकता र महत्वको बारेमा प्रकाश पारे ।
कार्यक्रममा न्यूरो हेल्थ कलेजका प्रमुख टिकापसाद. निरौला र नोबेल मेडिकल कलेजका कार्यक्रम संयोजक बिगु चौधरीले प्राविधिक शिक्षाको ज्ञान आर्जन गर्न सकिन्छ भन्ने सहभागिहरुको जिज्ञासालाई अझ प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद बहालीको क्रममा आगामी २ वर्षभित्रमा प्रत्येक स्थानीय तहमा सिटिईभिटिबाट मान्यता प्राप्त शिक्षालय स्थापना गरी धेरैभन्दा धेरै विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको मुल धारमा समाहित गर्ने उद्घोषलाई सफल बनाउन प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको छ ।
निजी तथा प्राविधिक शिक्षालय महासंघका प्रदेश नं. १ का अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भगवान झाले एक घर एक प्राविधिक, प्राविधिक शिक्षामा गुणस्तरीयता, सिप सिकौं सम्मानित बनौं, भन्ने नारा आत्मसाथ गर्र्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा फोरम फर टेक्निकल फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स प्रतिनिधि तथा कोशी हेल्थ इन्स्टिच्युटका सञ्चालक विकास अधिकारी, विराट हेल्थ कलेजका कलेज प्रमुख अजय दास, गोल्डेन पार्क कलेजक सञ्चालक रमेश खत्रिलगायतले बिचार व्यक्त गरेका छन् ।