RUMPUM
animated ellipse animated ellipse

भारतीय शैक्षिक मेला सोमबारदेखि सुरु हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७५, आईतवार १८:५०
18
Shares
विराटनगर / दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ विराटनगरमा सोमबारदेखि सुरु हुँदैछ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा भारतीय शैक्षिक मेला हुन लगेको हो ।

प्रा.लि.ले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पुरा भएकोले शैक्षिक मेला भव्य हुने बताइएको छ । प्रत्येक वर्ष प्रालिको आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापाले जानकारी दिए । ‘काठमाण्डौपछि विराटनगरमा भारतीय शैक्षिक मेला हुन लागेको हो,’ थापाले भने, ‘मेलामा भारतका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागीता रहनेछ ।’

मेलामा भारतामा रहेका नाम चलेको कलेजहरूको कोर्षको बारेमा जानकारी पाउनेछन् । भारतको कलकता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतको भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता रहने उनले जानकारी दिए । दुई दिने मेलामा ७ सय देखि एक हजारसम्म विद्यार्थीहरुले प्रत्यकक्ष रुपमा आएर अवलोन गर्ने आयोजकले अपेक्षा रोखेका छ ।

त्यसैगरी मेलामा सम्पर्कम आएर भर्ना हुने विद्यार्थीको लागि ५० देखि १ सय प्रतिशतसम्म छात्रवत्ती प्रदान गर्ने भएको छ । आयोजकले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि लक्कि ड्र मार्फत् मोवाएल फोन, ल्यापटप, ट्याब पनि प्रदान गर्ने भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लिले विगत १२ वर्षदेखि विराटनगर र काठमाण्डौमा भारतीय शैक्षिक मेला गर्दै आएको निर्देशक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर