पूर्वाञ्चल खबर
आज विहान भएको खेलमा नाइजेरियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना समूह ’डी’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । हारसँगै नाइजेरिया विश्वकपबाट बाहिरिएको छ।
खेलको १४ हौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोन मेसीले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाले पहिलो हाफमा बनाएको अग्रता उल्टाएर नाइजेरियाले ५१ औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो ।
अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोसेसले सहजै गोल गर्दै बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलमा आक्रमक देखिएको अर्जेन्टिनाले खेलको ८६ औं मिनेटमा मार्को रोजोले गोल गर्दै अर्जेन्टिनालाई नकआउट चरणमा पुर्याए ।
यसअघि पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० गोलले पराजित भएको थियो ।
यता आजै भएको अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरमा हराएसँग अर्जेन्टिना समूहको उपविजेता भई नकआउट चरणमा प्रवेश गरेको हो । यो समूहबाट क्रोएसियाले ३ मा जित हासिल गदै ९ अंकसाथ शिर्ष स्थानमा रहयो भने अर्जेन्टिना १ मा जित १ मा हार र १ मा बराबरी गर्दै ४ अंककासाथ नकआउट चरणमा पुगेको छ ।
अर्जेन्टिनाले नकआउट चरणमा फ्रान्स र क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।