AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरीय सौर्दय प्रतियोगीताको हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७५, मंगलवार १७:५२
3
Shares
विराटनगर / प्रदेश नम्बर १ स्तरीय महिला प्रतियोगीता हुने भएको छ ।
आयोजक ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रा.लि विर्तामोड झापाले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्रदेश नम्बर १ स्तरीय महिला सौर्दय प्रतियोगीता’ गराउने जनाएको छ ।

किशोरीहरुमा भएको सौन्दर्यता तथा व्यत्तित्व विकाशलाई अझ प्रभावकारी ढंगबाट अगाडी बढाउन तथा यस प्रकारका प्रतियोगीता गराउन लागेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि विर्तामोड झापाका मेनजिङ डाईरेक्टर प्रनित पुडाशैनीले जनाकारी दिए ।

उनका अनसार प्रतियोगितमा १५ बर्षदेखिका २४ बर्ष उमेरका जो कोही किशोरीले सहभागिता जनाउन सक्नेछन् । यसका लागी आगामी असार १७ गतेबाट अडिसन सुरु गरिने पुडाशैनिको भनाई छ । अडिसन एक नम्बर प्रदेशको विराटनगर, ईटहरी, दमक, झापा, ईलाम, वितौमोडलगायतका स्थानबाट गरिने जनाईएको छ ।

करिब डेढ महिनाको आन्तरिक प्रशिक्षणमा व्यात्तित्व विकास तथा नेतृत्व विकाससँगै ३३ वटा फरक फरक शैलीमा तालिम प्रदान गरिने जनाएको छ ।

एक नम्बर प्रदेशबाट छनौट भएका करिब ३० जनालाई एलिसा अधिकारीले कोरीयोग्राफी गर्दै छिन् । ‘प्रदेश नम्बर १ स्तरीय महिला सौर्दय प्रतियोगीता २०१८’ को विजेताले नगद ५० हजार, फस्ट रनर अफले २० हजार र सेकेण्ड रनर अपले १५ हजारका साथमा उच्च शिक्षा हाशिलको लागी स्कलरसिपको पनि व्यावस्था रहेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालिका एक्सक्लुसिप डाईरेक्टर सरोज खरेलले जानकारी दिए । साथै विजेताले स्वत मिस नेपालमा सहभागिता जनाउन सक्ने व्यावस्था पनि गरिएको आयोजकले जनाएको छ ।
ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि यस अघि मिस टिन, मिस मेची र मिस एसईई सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर