RUMPUM
animated ellipse animated ellipse

एसईई परीक्षाको नतिजा अाज सार्वजनिक हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७५, शनिबार १०:४०
3
Shares
फाइल तस्वीर
काठमाडौं / गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज अपराह्न सार्वजनिक हुने भएको छ ।

सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा प्रकाशन गर्न लागेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले आजै दिउँसो ३ बजे बोर्ड बैठक डाकेको छ । त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

एसईई परीक्षामा गत चैत ८ बाट सञ्चालित परीक्षामा ७७ जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी रहेका थिए । नियमिततर्फ चार लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जनाले परीक्षा दिएका हुन् ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर