पूर्वाञ्चल खबर
महाकालीको पूर्वी किनारमा तटबन्ध निर्माण गरिएको भए पनि भारतको खोतिल क्षेत्रमा गएको सुक्खा पहिरोका कारण त्रास रहेको स्थानीय बासिन्दा बताउँछन् । असार लागेसँगै ढुक्कसँग निदाउन नसक्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । ‘पानी पर्न थाल्यो कि राति उठेर महाकालीतिर हेर्नैपर्छ,’ महाकाली नगरपालिका–४ का मदनसिंह धामीले भने ।
०७० मा आएको बाढीले खलंंगालाई तहसनहस पारेको थियो । त्यसपछि निर्माण थालिएको तटबन्धनको ८० प्रतिशत काम सकिएको जनाएको छ । जसमा बाँगाबगड लास्कु खोलादेखि नमस्कारसम्म साढे चार किलोमिटर लामो तटबन्धन निर्माण भएको छ । यो नौ मिटर अग्लो छ । आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।