पूर्वाञ्चल खबर
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले आवश्यक छानबिन गर्न गोरे, निलम्बित एसएसपी श्याम खत्री, डेबिट भनिने छिरिङ वाङ्दा घले र भुजुङ गुरुङलाई काठमाडौं पठाउन कारागार व्यवस्था विभागले पत्र लेखेको छ ।
शुद्धीकरणले काठमाडौं झिकाएकै मौका छोपेर गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरुलाई पुनः छुट्टा छुट्टै र सामूहिक बयान लिने तयारी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।